स्तरोन्नतीमा चुकेको नगरपालिका
देखाइएका भएपनि पनि महेन्द्रनगर बजार क्षेत्रका स–साना खाल्डा पूर्न भने नगरपालिकाले ध्यान दिन सकेका छैन ।
महेन्द्रनगरको वसपार्क नजिकको आर्य फैन्सी स्टोरको अगाडिको सडकमा तीन स्थानमा खाल्डो भएको छ । त्यस्तै गल्ली नम्बर–३ को जेडी कलेक्सनको अगाडि दुई स्थानमा, गल्ली नम्बर–१ को गजदम्बा वस्त्रभण्डारको अगाडि तीन स्थानमा, विशाल प्रिन्टिङ्ग एण्ड फेटोकपी सेन्टर गल्ली नम्बर–१ अगाडि एउटा र गल्ली नम्बर–४ को मनसुन होटल नजिक एक स्थानमा सडक भत्किएको छ । त्यस्तै नेपाल टेलिकमको अगाडिको पूरै सडक भत्किएको छ भने दशरथ चन्द चोकदेखि महाकाली अञ्चल अस्पतालसम्मको सडकमा ठाउँठाउँमा खाल्डा भएका छन् । नगरपालिकाले नगरभित्रका सडकको स्तरोन्नती गर्नुभन्दा पनि आफ्नो लाज बचाउन सडकमा परेका खाल्डो माथि ड्राइक्लिनर्सको होडिङ बोर्ड समेत राखेको पाइएको छ । गल्ली नम्बर–४ को नालासँग जोडिएको कल्र्भड भत्किएर खाल्डो भएको छ । थोरै समय र कम लगानीमा निर्माण हुन सक्ने उक्त सडकको नाला मर्मत नगरेर नगरपालिकाले खाल्डो माथि होडिङबोर्ड राखेर नगरबासीलाई झुक्याउने काम गरेको हो ।महेन्द्रनगर बजारका मख्य सडक तथा गल्लीहरुमा बिभिन्न स्थानमा सडक भत्किएपछि आवतजावतमा समेत समस्या भएको छ । वार्षतमा पानी परेको बेला खाल्डोमा पानी जम्मा हुने र दुर्घटनाको जाखिम बढ्ने गरेको छ । सडक स्तरोन्नतीमा नगरपालिकाको उदासिनताप्रति स्थानीयले असन्तुष्टी जनाएका छन्् । हेल्प नेपाल कञ्चनपुरका अध्यक्ष मदन चन्दले विगत लामो समयदेखि भत्केका सडकको मर्मत नहुनु लज्जास्पद भएको बताए । ‘नगरपालिकाले बनाउन सक्दैन भने सक्दैनौ भन्नुप¥यो, हामी बनाइदिन्छौँ, उनले भने– ‘तर यसरी जनतालाई झुक्याउने काम गर्नुभएन ।’ दैनिक व्यस्त हुने नगरपालिकाका सडक जोखिम मुक्त हुनुपर्ने उनको भनाई छ । ‘कतिपय व्यक्ति राति पनि हिडडुल गर्छन, सडकको खाल्डोमा परेर दुर्घटना भयो भने नगरपालिका जिम्मेवार हुन्छ कि हुदैन ? प्रश्न गर्दै उनले भने– ‘जनताका सेवक हूँ भन्नेले भत्केको सडक पनि बनाउन नसक्ने भए बाँकी आशा के गर्नु ?’
दशरथ चन्द चोकदेखि महाकाली अञ्चल अस्पतालको सडक भत्किएपछि विरामीलाई समेत सास्ती भएको छ । अस्पताल भित्र प्रवेश गर्ने मुख्य सडकमा खाल्डाखुल्डी भएपछि प्रसुती व्यथाले च्यापेका गर्भवती महिलाहरु र दीर्घ रोगीहरुलाई निकै समस्या भएको हो । ‘सडक भत्किएको छ, एकचोटी बनाएको सडक दुई महिना पनि चल्दैन, एम्बुलेन्स चालक दिपक विष्टले भने– ‘बिरामीलाई निकै सास्ती भएको छ ।’ यसतर्फ महाकाली अञ्चल अस्पताल व्यवस्थापन समिति तथा भीमदत्त नगरपालिकाले विशेष ध्यान दिनुपर्ने उनको भनाई छ ।
भीमदत्त नगरपालिकाले भने महेन्द्रनगर बजारका सडकको स्तरोन्नतीका लागि आफूले काम गर्न छोडिसकेको बताएको छ । एसियाली विकास बैँकको सहयोगमा क्षेत्रीय सहरी विकास आयोजनाले महेन्द्रनगर बजारभित्रका सडकको स्तरोन्नती गर्ने जिम्मा लिएकाले आफूले नगर भित्रका सडक स्तरोन्नतीको काम गर्न छोडेको भीमदत्त नगरपालिकाका इन्जिनीयर तथा क्षेत्रीय सहरी विकास आयोजनाका फोकल पर्सन इन्जिनीयर गोरख बहादुर सिंहले जानकारी दिए । उनका अनुसार महेन्द्रनगर बजारको सडक स्तरोन्नती तथा आधुनिकीकरणका लागि लगभग ८८ करोड रुपैयाँको लागतमा दुई वर्ष भित्र काम सम्पन्न गर्ने ठेक्का सम्झौता भएको छ । ‘ठेक्का सम्झौता भइसकेको छ, अहिलेसम्म काम सुरु हुनु पथ्र्यो तर कोरोनाका कारण काम ढिला भयो, इन्जिनीयर सिंहले भने,– ‘अबको एक महिनाभित्रै काम सुरु हुन्छ ।’ उनका अनुसार काम सुरु भएपछि महेन्द्रनगर बजारका सडक चौडा हुने, गल्लीहरु पनि व्यवस्थित हुने र अन्य संरचनामा परिवर्तन आउनेछ ।

Comments
Post a Comment